झापा– दमक नगरपालिका–१ स्थित जुवा(कौडा) खेलिरहेको अवस्थामा रकमसहित १७ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


प्रहरीले हिमाल देवानको घरबाट मंगलबार राति साढे ११ बजे जुवा खेलिरहेको अवस्थामा चार लाख २७ हजार ६ सय नगदसहित १७ जनालाई नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


प्रहरी पर्नेमा २१ देखि ५१ वर्षसम्मका पुरुषहरु रहेका छन् । उनीहरु माथि थप आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।