काठमाडौं – अफगानमा धार्मिक ताण्डव नाचिरहेको तालिबानले संयुक्त राष्ट्रसंघको महासभामा आफूहरुलाई बोल्न दिन आग्रह गरेको छ । न्युयोर्कमा चलिरहेको राष्ट्रसङ्घीय महासभामा विश्व नेताहरूलाई सम्बोधन गर्न पाउनका लागि तालिबानले आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


ADVERTISEMENT


तालिबान समूहका विदेशमन्त्री आमिर खान मुताकीले सोमबार अनुरोधसहितको पत्र संयुक्त राष्ट्रसंघमा पठाएको र यसबारेमा राष्ट्रसंघको एक समितिले टुङ्गो लगाउने खबरमा उल्लेख छ । समितिमा अमेरिका, चीन र रुससहितका नौ देशहरू छन् ।


ADVERTISEMENT

# # #


कतारले विश्व नेताहरूलाई तालिबानलाई संलग्न गराउन भनेको छ । तालिबानले पछिल्लो सरकारका पालामा राष्ट्रसङ्घ पठाइएका राजदूतले यतिखेर आफ्नो सरकारको प्रतिनिधित्व नगर्ने जनाएको छ ।

साथै दोहामा रहेका आफ्ना प्रवक्ता सुहेल शाहीनलाई राष्ट्रसङ्घका लागि आफ्ना राजदूत नियुक्त समेत गरेको छ । यतिखेर राष्ट्रसंघका लागि अफ्गान राजदूतमा गुलाम इसाकजाई कार्यरत छन् । महासभाको अन्तिम दिन अर्थात् सेप्टेम्बर २७ मा इसाकजाईले नै मन्तव्य दिने अनुमान छ ।