काठमाडौँ– नेपालमा थप एक हजार १३० मा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार, पछिल्लो २४ घन्टामा थप एक हजार १३० मा कोरोना संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT

# # #


यस्तै, पछिल्लो २४ घन्टामा संक्रमणमुक्त हुनेको संख्या भने एक हजार ८३० रहेको छ ।

यसैगरि, संक्रमणका कारण पछिल्लो २४ घन्टामा पाँच जनाले ज्यान गुमाएका छन् । यससंगै कोभिड–१९ संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ११,०५३ पुगेको छ ।

मन्त्रालयका अनुसार, हाल नेपालमा सक्रिय संक्रमित संख्या २१ हजार ५२४ रहेको छ भने, तीमध्ये २० हजार १६४ जना होम आइसोलेसनमा रहेका छन्, भने १ हजार ३६० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।