काठमाडौँ– जर्मनीमा आयोजना हुने ‘बर्लिन म्याराथन’मा सहभागिता जनाउने नेपाली धावक गोपिचन्द्र पार्कीको आज बिदाइ गरिएको छ ।


ADVERTISEMENT


नेपालगन्ज म्याराथनद्वारा आज यहाँ आयोजित कार्यक्रममा पार्की र प्रशिक्षक सन्तोष श्रेष्ठलाई बिदाइ गरिएको हो ।


ADVERTISEMENT

# # #


दुवै जनालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपालगन्ज म्याराथनका आयोजक क्रिएटिभ ह्याण्डस्का अध्यक्ष टिएस ठकुरीलगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरे । सो अवसरमा दुवै जनालाई ट्रयाक सुट, झोला र टिसर्ट प्रदान गरिएको थियो ।

विश्व चर्चित ‘बर्लिन म्याराथन’ जर्मनीको बर्लिनमा यही असोज १३ गते हुँदैछ । धावक पार्की आज राति कतार एयरवेजबाट बर्लिन प्रस्थान गर्दै छन् । उनी पछिल्लो संस्करणको नेपालगन्ज म्याराथनको विजेता समेत हुन् । पार्कीले नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा म्याराथनमा स्वर्ण पदक जितेका थिए । बिदाइ कार्यक्रममा पार्कीले आफुले सकेसम्म उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस