काठमाण्डौं-विघटित संसद्का २ सय ८१ सांसद अबको पाँच वर्ष कुनै पनि संसद्मा रहने छैनन् । मंसिर १० र २१ गते दुई चरणमा हुन लागेको निर्वाचनको ‘रिङ’ बाहिर रहेका कारण उनीहरू अबको संसद्मा नरहने भएका हुन् ।


ADVERTISEMENT


अघिल्लो संसद्मा रहेका ती सांसद प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ उम्मेदवार छैनन् । अब गठन हुने प्रतिनिधिसभा ढप्रत्यक्ष र समानुपातिक गरी कुल० २ सय ७५ र प्रदेशसभा (सातवटै प्रदेशको प्रत्यक्ष तथा समानुपातिक गरी कुल) ५ सय ५० संख्याको संसद् बन्दासमेत विघटित संसद्का २ सय ८१ सांसदले निर्वाचनमा टिकट हात पार्न सकेनन् ।


ADVERTISEMENT

# # #


सबैभन्दा बढी एमालेबाट प्रतिनिधित्व गरेका १ सय २१ सांसद निर्वाचनको ‘रिङ’ बाहिर परेका छन् । एमालेले आफ्नो कुल १ सय ८० सांसद्मध्ये ५८ जनालाई मात्रै आउने संसद्का लागि उम्मेदवार बनाएको छ । तीमध्ये प्रदेश तथा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ५३ जना र पहिले प्रत्यक्ष निर्वाचन लडेर जितेका तर अहिले समानुपातिकमा पाँच जनालाई समेटेर उम्मेदवार बनाइएको छ ।

निवर्तमान सांसदमध्ये कांग्रेसले धेरैलाई दोहोर्‍याएको छ भने एमाले-माओवादीले धेरैलाई रिङबाहिर पारेका छन् ।-आजको अन्नपुर्ण पोष्टबाट