काठमाडौं – गीतकार चिन्तामणी सिवाकोटीले ‘हिमालबाट हिउँ पग्लि’ गीत सार्वजनिक गरेका छन् । गीतकार सिवाकोटी नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नरसमेत हुन् ।


ADVERTISEMENT


उनको हिमालमा हिउँ पग्लि नामको गीत शनिबार सार्वजनिक भएको हो ।


ADVERTISEMENT

# # #


यसअघि मात्रै ‘समृद्ध नेपाल सुखी नेपाली’ बोलको गीत सार्वजनिक गरिसकेका उनको यो गीतमा गायक प्रमोद खरेल र गायिका मेलिना राईको आवाज सुन्न पइन्छ । गीतमा सुरेश अधिकारीले संगित भरेका छन् भने कलाकार आकाश अधिकारी र निता ढुङ्गाना मोडलिङको भूमिकामा देखिएका छन् ।

गीतमा कोरियोग्राफरको भूमीकामा कमल राई छन् । गीतको निर्देशन आकाश अधिकारीले नै गरेका छन् । गीतको भिडियो ओएसआर डिजिटल युटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।

नेपाल राष्ट्र बैंकबाट अवकास पाएपछि सिवाकोटीले गीत संगीतमा लाग्ने घोषणा नै गरिसकेका छन् । उनले यसअघि ‘समृद्ध नेपाल सुखी नेपाली’, ‘जिउँदै छु’, ‘आएन खबर’ बोलको गीतहरु सार्वजनिक गरिसकेका छन् ।

सिवाकोटीको गीतले देशको जातजति, भूगोल र प्राकृतिक विविधताको बारेमा गीतमा सन्देश दिइरहेको हुन्छ । उनले बहुजाती, बुहभाषी र भूगोलको विविधता भएको देशमा सबैले मिलेर देशको विकासमा लाग्नु पर्ने सन्देश दिन खाजेका छन् ।