काठमाण्डौं- एक साताभित्र चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण नगरे राष्ट्रपति विद्यादेवी भडारीविरुद्ध सत्याग्रह गर्ने प्रा.डा. गोविन्द केसीले चेतावनी दिएका छन् । लामो समयसम्म अध्यादेश रोकेर राष्ट्रपतिले मुलुकको सर्वोच्च पदकै अवमूल्यन गरेको केसीको आरोप छ । मन्त्रिपरिषद्ले डा. केसीको मागबमोजिम गत कात्तिक ६ मा प्रमाणीकरणका निम्ति राष्ट्रपतिसमक्ष अध्यादेश पेश गरेको थियो । केही राजनीतिक दलहरुको स्वार्थजन्य अवरोधका कारण संसदबाट पारित हुन असफल भएपछि सरकारले अध्यादेश पेश गरेको हो ।


ADVERTISEMENT


राष्ट्रपतिले संविधानविरुद्घ काम गरे आफू आमनेपालीको स्वस्थ रहन पाउने अधिकारको रक्षा गर्न पुनस् सत्याग्रह गर्न बाध्य हुने केसीको भनाइ छ । ‘राष्ट्रपतिले अध्यादेश रोक्न मिल्दैन,’ केसीले भने, ‘राष्ट्रपति गैरसंवैधानिक काम गरिराख्नु भएको छ ।’ डा.केसीले यसो हुनुमा एमाले र एमाओवादी पार्टीका केही शीर्ष नेता र माफियाको दवाव हुन सक्ने उल्लेख गर्दै भने, ‘उहाँ कुनै गुट या पार्टीको राष्ट्रपति होइन, नेपालको राष्ट्रपति हो ।’


ADVERTISEMENT

# # #


राष्ट्रपतिका विभिन्न सल्लाहकारहरु समेत एउटा पार्टीको कार्यकर्ता रहेकोले जनतालाई सहज गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा उपलब्ध गराउन सघाउने अध्यादेशलाई संविधानको मर्म विपरित अल्झाउन लगाउन हुन सक्ने आशंका उनले व्यक्त गरे । ‘चिकित्सा शिक्षा ऐन प्रमाणीकरण नगरेर अल्झाएर राख्नु भनेको उहाँ (राष्ट्रपति) गलत तत्वको प्रभावमा हुन हो,’ डा.केसीले अगाडी भने, ‘राष्ट्रपतिले जनताको नजरमा आफनो छवी खराव गर्नु हुँदैन ।’

चिकित्सा शिक्षा अध्यादेश प्रमाणिकरण मा ढिलाइ हुन पछाडी एमाले अध्यक्ष केपी ओलीको आदेश समेत हुन सक्ने उनले आशंका व्यक्त गर्दै भने, ‘राष्ट्रपतिले संविधान विपरित काम गरे हामी सत्याग्रहको माध्यमले आम नेपालीको संविधान प्रदत्त अधिकार फिर्ता ल्याउने छौं ।’ डा.केसीले हाल अदालतबाट आएका आदेश र फैसलाहरु समेत शंकास्पद रहेको र माफियाकै पक्ष मा देखिएको दावी गरे । चिकित्सा शास्त्र अध्ययन संस्थानले लिएको एमविविएसको प्रवेश परिक्षामा चिट चोराउने प्रकरण बारे सिआइवि र विश्वविद्यलयले बनाएको छानविन समितिले तुरन्त रिपोर्ट दिएर दोषिमाथि कारबाही गर्नु पर्ने मागसमेत डा.केसीले गरेका छन । उक्त प्रवेश परीक्षा पुनस् लिनु पर्ने हो वा होइन जस्ता निर्णय समेत तुरन्त गर्नु पर्ने उनले बताए । – आजको कान्तिपुरबाट