काठमाडौँ – आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान त्रिकोणात्मक सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले घरेलू टोली ओमानविरुद्ध जित निकालेको छ । नेपालले आइतबार ओमानलाई विकेटले ७ हराएर बदला लिएको हो ।


ADVERTISEMENT


करण केसी र सन्दीप लामिछाने घातक बलिङ गरेपछि ओमानको अल अमेरत क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको ओमान ३७.१ ओभरमा सबै विकेट गुमाउँदै १२१ रनमै समेटियो । १२२ रनको सामान्य चुनौति पच्छ्याउँदै मैदान उत्रिएको नेपालले १८.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।


ADVERTISEMENT

# # #


ओडीआई लिगमा तीन वटा खेलमा ओमानसँग पराजित भएको नेपालले पहिलो पटक ओमानलाई हराएको हो । मैदानप्रवेश गर्नुअघि केक काटेर संविधान दिवस मनाएको नेपाली क्रिकेट टोलीले नेपालीलाई जितको एक उत्कृष्ट उपहार दिएको हो ।

नेपालको जितका लागि  कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक रन बनाए । चौथो एकदिवसीय अर्धशतक हानेका कप्तान मल्लले ४६ बलमा ४ चौका र २ छक्का हान्दै ५२ रन बनाएर नटआउट रहे ।

 यस्तै आशिफ शेखले ४४ बलमा ७ चौकाको मदतमा ४० रन जोडे । १६ रन बनाउँदा पहिलो विकेट गएपछि शेखले मल्लसँग मिलेर दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गरे । यस्तै रोहित पौडेलले ७ बलमा एक चौकासहित ६ रन बनाएर आउट भए । शरद भेषावकर १ रनमा नटआउट रहे ।

ओमानका लागि नेस्तोर धम्बाले समान २ विकेट लिए भने कलिमुल्लाहका नाममा १ विकेट रह्यो ।

यसअघि ओमानका लागि कप्तान जासिन मक्सूदले सर्वाधिक ४१ रन बनाए । उनले ६६ बलमा उनले २ चौका र १ छक्का प्रहार गरे । यस्तै जतिन्दर सिंहले १३ बलमा १ चौका र १ छक्कासहित १३ रन तथा नासिक खुसीले २७ बलमा १ छक्कासहित ११ रन जोडे भने कलिमुल्लाह ११ रनमा नटआउट रहे । २१.२ ओभरमा ६५/७को दयनीय अवस्थामा पुगेको आउमानका लागि कप्तान कम्सूद, नासिम खुसी, कलिमुल्लाह र बिलाल खानले उकास्ने प्रयास गरेका थिए ।

नेपालका लागि शानदार बलिङ गरेका करण केसी र सन्दीप लामिछानेले समान ४–४ विकेट लिए । शरद भेषावकरका नाममा २ विकेट रह्यो ।

करण केसीले नेपाललाई सुरुवाती ३ विकेट दिलाए भने अन्तिममा थप एक विकेट लिए । पावर प्ले नसकिँदै आमानलाई ३०/३ को अवस्थामा पुर्याएका थिए । उनले पहिलो विकेटका रुपमा उनले पहिलो विकेटका रुपमा जतिन्दर सिंहलाई आशिफ शेखबाट क्याच आउट गरेका उनले दोस्रो विकेट सुफियान मेहमूदको लिए ।

करण आजै एकदिवसीयमा डेब्यू गरेका मेहमूदलाई सुसन भारीको हातबाट क्याच आउट गराए । यस्तै सन्दीपले आफ्नो पहिलो ओभरमै मोहम्मद नादिमलाई एलबीडब्ल्यूको धरापमा पारे । आफ्नो पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक गर्नबाट चुकेका उनले व्यक्तिगत दोस्रो ओभरको चौथो र पाँचौँ बलमा सुरज कुमार र नेस्तर धम्बालाई डकआउट गरे ।

ओमान सिरिजको जितबाट सुरुवात गरेको नेपालले अन्त्य पनि जितबाट नै गरेको छ । नेपालले सिरिजको पहिलो अमेरिकालाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा ओमानसँग ५ विकेटले हारेको थियो । यस्तै तेस्रो खेलमा शुक्रबार अमेरिकाले नेपाललाई ६ विकेटले हराएको थियो ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपालसहित ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र संयुक्त अरब इमिरेट्स (युएई) गरी सात राष्ट्रबीच खेल भइरहेको छ ।

७ वटै राष्ट्रले सन् २०२३ सम्म प्रतिस्पर्धा गर्नेछन् । शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

लिगमा नेपालले थप २ अंक बटुलेसँगै ८ खेलमा ४ जित र चार हार सहित ८ अंकका साथ तालिकाको चौथो स्थानमा उक्लिएको छ । ओमान १३ खेलमा १० जितसहित २० अङ्क जोडेर शीर्ष स्थानमा छ । १५ खेलमा ७ जित निकालेको अमेरिका १४ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्ड ९ अंकका साथ तेस्रो, नामिबिया ८ अंकसहित रनरेटका आधारमा पाँचौ, युएई ७ अंक जोड्दै छैटौँ तथा पपुवा न्युगिनी अंकविहीन रहँदै पुछारमा छ ।