सप्तरी– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी अधिकारका लागि मधेशी गठबन्धनलाई प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा विजयी गराउनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


राजविराजमा आज कार्यकर्तासँगको भेटका क्रममा उनले संविधान निर्माणदेखि अहिलेसम्म मधेशी जनतामाथि भएको भेदभावको विरोध गर्दा मधेशी जनता शहीद हुनुपरेको बताउँदै मधेशी एकता नभएसम्म गैरमधेशीले फाइदा लिइरहने विचार व्यक्त गरे ।


ADVERTISEMENT

# # #


दुई नं प्रदेशमा मधेशी गठबनधन सरकार बनाउनका लागि मधेसीलाई मत दिन उनले आग्रह गरे । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि नेता यादवले सप्तरी क्षेत्र नं २ बाट उम्मेदवारी दिएका छन् ।