सुनसरी– सुनसरी जिल्ला क्षेत्र नं. ३ मा वामगठबन्धनबाट प्रतिनिधी सभा सदस्यको निर्वाचनकी उम्मेद्वार भगबती चौधरीले जनताका घर दैलोमा गई उनीहरुका समस्या बुझ्ने गरिरहेकी छन् । उनले समाजमा देखिएका समस्याको सामाधानतर्फ लाग्ने समेत बाचा गरिन् ।


ADVERTISEMENT


उनले सुनसरी क्षेत्र नं. ३ दुहवीका विभिन्न स्थानमा गई जनातासँग विकासका लागि सूर्यमा मतदान गर्न गरिरहेकी छन् । जनातावाट पाएको मतको सम्मान र सदुपयोग गर्ने भन्दै आफ्नो जित सुनिश्चित रहेको वताइन् ।


ADVERTISEMENT

# # #


हिजो सुनसरीमा भएको पार्टी प्रवेश कार्यक्रममा सहभागी भएकी चौधरीले यस क्षेत्रको विकासको जिम्मा आफ्नो काधमा आएको र आफ्नो जीतले यस क्षेत्रमा विकासको लहर आउने दाबी गरिन् । उनले जनताका हरेक समस्यालाई सही सामाधानका लागी योजनावद्ध रुपमा काम गर्ने बताइन् । उनले बढ्दो युवा पलायन रोक्नका लागि देशभित्रै स्वरोजगारका अवसर सिर्जना गरेर काम गर्ने वातावरण तयार गर्ने र समाज र देशको आर्थिक विकासमा योगदान दिन ठोस कार्यक्रमहरु ल्याउने प्रतिवद्धता जनाइन् ।

चौधरीले महिलाहरुको आर्थिक तथा सामाजिक विकासका लागी महिलामूखी रोजगारमूलक सीप विकास गरी आय स्तर बृद्धीका लागि काम गर्नुका साथै महिलाहरुको सामाजिक रुपमा देखिएका बिकृति विसंगतीहरुलाई निमूल गर्न पार्न महिलामूखी नितीहरु बनाउन अग्रसर भई काम गर्ने बताइन् । गरिब तथा निमुखा जनताले गरिबीबाट मुक्ति पाँउनका लागि त्यसको पहिचान गरी विशेष कार्यक्रम सञ्चालन गर्ने समेत उनले प्रतिवद्धता जाहेर गरिन् । दुहवी क्षेत्रमा प्रसुती गृह अभावकाकारण मातृशिशु स्याहारमा चुनौति रहेकोले प्रसुती गृहका लागी आवश्क पहल गर्ने र एम्वुलेन्सको व्यवस्था गरिने प्रतिवद्धता दोहार्याइन् ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ७० जना एमालेमा पार्टी प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई कार्यक्रमकी प्रमुख अतिथी तथा क्षेत्र नं. ३ सुनसरीमा वाम गठवन्धनकी उम्मेदवार भगवती चौधरीले माला तथा अबीर लगाएर स्वागत गरेकी थिइन् ।