काठमाडौं – नेपालमा चलिरहेको रियालिटी शो ‘कमेडी च्याम्पियन २’ को फाइनल आज हुँदै छ । गत वर्षको तुलनामा यो वर्ष उक्त शो निकै चर्चित रहन पुग्यो । उपाधिका लागि आज ताप्लेजुङका भरतमणि पौडेल, सिक्किमका बिक्की अग्रवाल र गोरखाका सन्तोष थापाबीच भिडन्त हुने भएको छ ।


ADVERTISEMENT


पौडेल, अग्रवाल र थापाका आ–आफ्नै खुबी र विशेषता छन् । स्ट्यान्डअप कमेडीमा अग्रवाल र थापा माहिर छन् । भरतमणि भने क्यारिकेचर गर्न अब्बल छन् । विषयवस्तु उठानका हिसाबले तीनैजना उत्तिकै प्रभावशाली देखिन्छन् ।


ADVERTISEMENT

# # #


यी तीन प्रतियोगीनै अहिले शोको फाइनलमा छन् । विभिन्न आरोह–अवरोह पार गर्दै यहाँसम्म आएका तीन मध्येबाट एकले आज शनिबार हुने फाइनलमा उपाधि उठाउनेछन् । उपाधि विजेताले कार र थुप्रै गिफ्ट समेत हात पर्दछन् ।

भरतमणि शोमा बिभिन्न उत्कृष्ट प्रस्तुति दिँदै ‘पफर्मर अफ द राउण्ड’ मार्फत फाइनलमा पुगेका हुन्, भने विक्की र सन्तोषलाई प्रस्तुति र दर्शकको भोटिङले फाइनलसम्म ल्याएको हो । तीनमध्ये एकले मात्र उपाधि उठाउने छन् ।

उपाधिमा प्रमुख दाबेदार भरतमणिलाई लिने गरिएको छ । तर सन्तोष र विक्की मध्य एकले पनि उपाधि उठाउन सक्ने सम्भावना रहेको छ । विक्की अग्रवाल नेपाली कमेडीमा नयाँ आयाम भित्र्याउने साहसी प्रतिभा मानिएका छन् ।

भरतमणी पौडेल समकालीन हास्यब्यङ्ग्यको उत्कृष्ट उदाहरण र सन्तोषलाई विक्की र भरतमणि सुन्दर ‘फ्युजन’ भनेर चर्चा गरिने गरिएको छ ।