सामान्यतयाः फोक्सो क्यान्सरको जोखिम विशेषगरी धुम्रपान सेवनकर्तालाई मात्रै हुन्छ भन्ने आम बुझाई छ । तर, यो गलत हो । यद्यपि धुम्रपान नगर्ने व्यक्तिलाई पनि फोक्सो क्यान्सरको समस्याले सताएको थुप्रै केशहरु दर्ता भएका छन् ।


ADVERTISEMENT


आखिर धुम्रपान नगर्ने वर्गलाई पनि फोक्सोको क्यान्सर किन हुन्छ त? यस विषयको खोजी अनुसन्धानको निम्ति अमेरिकी वैज्ञानिकहरुले यसको रिसर्च गरेका थिए । र, उक्त रिसर्च रिपोर्टबाट धुम्रपान नगर्ने व्यक्तिहरुमा प्राकृतिक रुपमै क्यान्सरको विकास हुने तथ्य पत्ता लागेको थियो ।


ADVERTISEMENT

# # #


यसका लागि अमेरिकाको नेशनल क्यान्सर इस्टिट्युटले धुम्रपान नगर्ने तर, पनि फोक्सो क्यान्सरबाट शिकार भएका २३२ व्यक्तिहरुमा नै अध्ययन गरेको थियो । जसअन्र्तगत उक्त क्यान्सर पिडितहरुको ट्युमरबाट स्याम्पल लिई जीनोम सीक्वेंसिङ्ग(Genome Sequencing) गरिएको थियो ।

के भन्छ अध्ययन ?

उक्त अध्ययनले फोक्सोमा हुने सो क्यान्सर नयाँ प्रकारको रहेको निस्कर्ष देखाएको थियो । जुन शरीरमा प्राकृतिक रुपमा नै स्वतः विकास हुन्छ । वैज्ञानिकका अनुसार, यसको मुख्य कारण भनेको ‘म्युटेशन सिग्नेचर’ हो । अर्थात्, डिएनएमा कुनै पनि प्रकारको गडबढि भएमा अथवा बिरामी कुनै पनि क्यान्सर फैलाउने तत्वको सम्पर्कमा आएको खण्डमा व्यक्तिमा यस्तो समस्या देखापर्छ । यद्यपि यो व्यक्तिमा कसरी र किन हुन्छ? यसबारे भने अझै विस्तृतमा अध्ययन गर्न आवश्यक रहेको छ ।

नेचर जेनेटिक्समा प्रकाशित रिसर्चका अनुसार, धुम्रपान नगर्ने ती २३२ क्यान्सर बिरामीमध्ये २८ जना भने सेकेन्ड ह्यान्ड स्मोक(अन्यले धुम्रपान गरेको वातावरणको सम्पर्कमा आउनु) को दायरामा आएका थिए । अन्य ७२ प्रतिशत बिरामीमा भने कस्ता रिस्क फ्याक्टर(कारक तत्व)को कारण क्यान्सरको जोखिम बढेको हो? त्यसको निस्कर्ष भने अझै पत्ता लगाउन सकेको छैन । यद्यपि उक्त बिरामीहरुमा क्यान्सर प्राकृतिक रुपमै विकसित भएको पाइएको थियो ।

यसअघि गरिएको एक अध्ययनले पनि धुम्रपान नगर्ने व्यक्तिमा क्यान्सरको जोखिम सेकेन्ड ह्याण्ड स्मोक तथा प्रदूषणले बढाएको देखाएको थियो । जसबाट निस्कने हानिकारक तत्वले व्यक्तिमा क्यान्सर विकास गराएको पाइएको थियो ।

फोक्सो क्यान्सर : आवाजमा परिवर्तन आउनु पनि क्यान्सरको संकेत

लक्षण

-लामो समयसम्म खोकी लाग्नु
-खकारमा रगत देखिनु
-सास फेर्न गाहृो हुनु
-छाती दुख्नु
-र, स्वरमा परिवर्तन आउनु ।

बच्ने उपाय

क्यान्सरबाट बच्न आफूले अपनाउन सकिने सर्वाेत्तम उपाय भनेकै धुवाँजन्य वातावरण र धुम्रपानबाट दूरी बढाउनु हो । यस्तै, माथि उल्लेखित कुनै पनि लक्षण देखिएमा व्यक्तिले तुरुन्त सम्बन्धित चिकित्ससंग परामर्श लिनुपर्छ ।

गर्नुपर्ने स्वास्थ्य परीक्षणहरु

यस क्यान्सरसंग सम्बन्धित लक्षण देखिएमा व्यक्तिले सर्वप्रथम छातिको एक्सरे, एचआरसीटी स्क्यान, लंग बायोप्सी या ब्रोन्कोस्कोपी परीक्षण गराउनु पर्दछ ।

धुम्रपान नगर्ने २० प्रतिशतमा फोक्सो क्यान्सरको समस्या

विश्वमा प्रत्येक वर्ष २० लाखभन्दा बढि फोक्सो क्यान्सरका नयाँ केशहरु दर्ता हुन्छन् । त्यसमध्ये अमेरिकामा मात्रै झण्डै २ लाख केशहरु पहिचान हुन्छन् । अन्य क्यान्सरको तुलनामा यस फोक्सो क्यान्सरका कारण व्यक्तिको मृत्यु हुने सम्भावना बढि रहन्छ । जसअन्र्तगत विश्वमा प्रत्येक वर्ष १८ लाख व्यक्तिहरुले फोक्सो क्यान्सरकै कारण ज्यान गुमाउनु परेको तीतो यथार्थ हामीमाझ छ ।

यस्तै, अमेरिकी एजेन्सी सीडिसीले देखाए अनुसार, अमेरिकामा प्रतिवर्ष प्रतिलाख व्यक्तिमध्ये औसत ५४ नयाँ फोक्सो क्यान्सरका बिरामीहरु भेटिने गरेको छ । जसमध्ये पनि ३५ बिरामी यसैका कारण ज्यान गुमाउन बाध्य हुन्छन् ।

फोक्सो क्यान्सरको प्रत्यक्ष सम्बन्ध धुम्रपानसंग रहेको हुन्छ । यद्यपि विज्ञहरु यसको जोखिम धुम्रपानबाट टाढै रहेको व्यक्तिहरुमा पनि बढिरहेको बताउँछन् । यसरी धुम्रपानबिना नै फोक्सो क्यान्सरबाट पिडित हुने संख्या १० देखि २० प्रतिशत रहेको देखिन्छ, भने धेरैजसो युवा तथा महिलाहरु यसबाट शिकार हुने गर्छन् ।

फोक्सो क्यान्सरको नयाँ प्रकार देखियो

नेशनल क्यान्सर इन्स्टिट्युटको महामारी विशेषज्ञ डा. मारिया टेरेसा भन्छिन्, ‘अध्ययनको समयमा  धुम्रपान नगर्नेहरुमा पनि क्यान्सर देखिने लंग(फोक्सा) क्यान्सरको नयाँ प्रकार पत्ता लागेको छ । आशा गरौँ भविष्यमा यस क्यान्सरका लागि पनि कुनै नयाँ उपचार फेला पार्न सक्नेछौ ।’

-दैनिक भास्करबाट भावानुवाद