काठमाडौं – प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा मुलुक बजेटविहीन भएसँगै आजदेखि सरकारी खर्च पनि राेकिएको छ ।


ADVERTISEMENT


मंगलबार बसेको प्रतिनिधिसभा बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको अवरोधबीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयक–२०७८ प्रस्ताव पारित भए पनि संशोधित बजेट पास गर्ने काम भने अल्झिएको कारण यसो भएको हो ।


ADVERTISEMENT

# # #


संसद सुचारु हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थाअनुसार आज बुधबार समयावधि सकिँदैछ। संसद बैठक नै असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । जसका कारण आजदेखि चालू आवका लागि विनियोजित बजेट निष्क्रिय भएको हाे ।

सरकारले राजस्व भने उठाउन पाउने छ । समयमै विधेयक पारित हुन नसकेपछि सरकारी खर्च रोकिए पनि कर भने उठ्ने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । सरकारलाई एकदमै समस्या परे सरकारी कार्यालयहरूले सापटी र धरौटीमार्फत आकस्मिक खर्च गर्न सक्छन् । अब सरकारलाई कोभिड–१९ महामारी उपचारमा भइरहेका प्रयासमा केही दिन खर्च गर्ने काममा बाधा पर्न सक्नेछ ।

प्रतिनिधिसभा विघटन भएकैबेला तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेश विद्येयकमार्फत चालू आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्बको बजेट ल्याएका थिए । । गत २८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै पुनः वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत २५ भदौमा १६ खर्ब ३२ अर्बको संशोधित नयाँ बजेट ल्याएका छन् ।