काठमाडौ‌ं – गुण एयरलाइन्सले आफ्नो नियमित उडान असोज १ गतेबाट सुरुवात गर्ने घोषणा गरेको छ ।


ADVERTISEMENT


दुईवटा बिचक्राफ्ट र थप गरिएका पाँचवटा जेटस्ट्रिम जहाजसहित सातवटा विमानबाट उडान शुरू गर्न लागेको कम्पनीले जनाएको छ ।
असोज १ देखि आन्तरिक हवाई सेवा सुचारु गर्ने र यसका लागि टिकट बुकिङसमेत खुल्ला गरिएको एयरलाइन्सका बजार तथा बिक्री प्रमुख प्रज्ज्वल थापाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार शुरूमा काठमाडौंबाट पोखरा र भरतपुर उडान गर्ने भएको छ । त्यसपछि सिमरा, भैरहवा, तुम्लिङटार, जनकपुर, नेपालगञ्ज, सुर्खेत र विराटनगरमा उडान गर्नेछौं ।

दशैंलाई लक्षित गर्दै आफूहरू यात्रुहरूलाई सुरक्षित र भरपर्दो हवाई सेवा दिने तयारीमा रहेको थापाले दाबी गरे ।