काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।


ADVERTISEMENT


ओमानको अल अमेरत क्रिकेट स्टेडियममा नेपाललेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । नेपाल र ओमानबीचको खेल अपरान्ह ४ः१५ बजे सुरु हुँदैछ ।


ADVERTISEMENT

# # #


नेपालले ओमानविरुद्ध यसअघि हिजो अमेरिकासँग खेलेको टिमलाई नै निरन्तरता दिएको छ । नेपालले मंगलबार लिग–२ को ओमान त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

लिग–२ का लागि नेपालले दुई साता अघि ओमानमा पुगेर अभ्यास गरेको थियो भने पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेलेको थियो । नेपालले दुवै खेलमा पपुवा न्युगिनीलाई पराजित गरेको थियो । ओमानले लिग–२ को तयारीका लागि भारतको रणजी ट्रफी खेल्ने मुम्बईको टिमसँग टी–२० र एकसदवसीय खेल खेलेको थियो ।

यसअघि नेपाल र ओमानबीच सन् २०२० को फेब्रुअरीमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा भएको थियो । नेपाल दुवै खेलमा ओमानस्रँग पराजित गरेको थियो । आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपालसहित ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र संयुक्त अरब इमिरेट्स (युएई)गरी सात राष्ट्रबीच खेल भइरहेको छ । ७ वटै राष्ट्रले सन् २०२३ सम्म प्रतिस्पर्धा गर्नेछन् । शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

यसअघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग चार खेल र मंगलबार ओमानमा अमेरिकासँगको एक खेल गरी कुल ५ खेल खेलिसकेको छ । लिगमा नेपालले चार खेलमा ६ अंक जोडेको छ । नेपाल छैटौँ स्थानमा छ । ओमान १६ अङ्क जोडेर शीर्ष स्थानमा छ । १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ । स्कटल्यान्ड ९ अंकका साथ तेस्रो, नामिबिया ८ अंकसहित चौथो, युएई ७ अंक जोड्दै पाँचौँ तथा पपुवा न्युगिनी अंकविहीन रहँदै पुछारमा छ ।

ओमानविरुद्ध खेल्ने नेपाली टोली:
ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, विक्रम शोव ।