काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत ओमानमा भइरहेको एकदिवसीय सिरिजमा अमेरिकाले नेपाललाई २३१ रनको चुनौति दिएको छ ।


ADVERTISEMENT


ओमानको अल अमेरत क्रिकेट स्टेडियममा अमेरिकाले टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले मोनाक पटेलको शतकको मदतमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३० रन बनाएको हो ।


ADVERTISEMENT

# # #


व्यक्तिगत पहिलो र अमेरिकाका लागि दोस्रो एकदिवसीय शतक प्रहार गरेका पटेलले ११४ बलमा ९ चौका र १ छक्काको मदतमा १०० रन बनाएर आउट भए। यस्तै निसर्ग पटेलले २१, करिमा गोरे र सुशान्त मोदानीले १६, स्टेचिन टेलरले १४, नोस्तुस केन्जिक र सञ्जय कृष्णमुर्तीले समान १३–१३ रनको योगदान गरे ।

नेपालका लागि सन्दीप लामिछाने, सुसन भारी र विक्रम शोबले समान २–२ विकेट लिए । यस्तै कुशल मल्लका नाममा एक विकेट रह्यो ।

नेपालले जवाफी ब्याटिङ गर्दैछ ।