काठमाडौं – नेकपा एमालेका महासचिव इश्वर पोखरेलले विभाजनमा जाने माधव नेपालको कदम दुर्भाग्य रहेको बताएका छन् ।
साथै उनले बाटो बिराएकालाई पार्टीमा फर्केर क्रियाशिल हुन आह्वान पनि गरेका छन् ।


ADVERTISEMENT


एमाले दोलखा काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको भेलामा महासचिव पोखरेलले एमालेलाई नयाँ ढंगले अघि बढाइने भन्दै बाटो बिराएकालाई पार्टीमा फर्केर क्रियाशिल हुन आह्वान गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले एमालेले मुलुभर नै २०७५ जेठ दुई गते अघिकै आधारमा पार्टीलाई एकीकृत गर्दै अघि बढ्ने र अन्य दलबाट आएकाहरुलाई उचित स्थान दिइने स्पष्ट पारे । उनले एमाले एकता चाहने पार्टी भएको भन्दै दुईचार जना चोइटिएर जाँदैमा कुनै फरक नपर्ने जिकिर गरे ।

उनले पार्टी सदस्यता विस्तार गरी पार्टी निर्माणतर्फ लाग्न आग्रह पनि गरे । कार्यक्रममा दोलखा–काठमाडौं सम्पर्क मञ्चका पदाधिकारीलाई सपथ ग्रहण गराइएको थियो ।