मेलम्ची  – अघिल्लो पटक पनि बाढी र पहिरोका कारण क्षति व्यहोरेको मेलम्चीको दनुवार गाउँका गाउँलेले कहिल्यै सुख पाएनन् । लगातारको वर्षाले मेलम्ची नगरपालिका– ११ दनुवार गाउँका छेउमा पहिरो गएको छ ।


ADVERTISEMENT


पहिरो खानीगाउँ ,घटेर टोलसम्म गएको र अझै झरिरहेको स्थानीयवासी दशरथ दनुवारले जानकारी दिए । पहिरो विस्तारै बस्तीतिर छिर्ने डरमा रातभरि सुत्न नसकेको उनले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले पहिरो रोक्नका लागि प्रयास गरिदिन स्थानीय तह लाई आग्रह गरे । पहिरो बढ्दै जाँदा घटेर टोल जोखिममा परेको स्थानीयवासीले बताएका छन् । रासस