काठमाडौँ– झण्डै छ महिनाअघिदेखि बेपत्ता स्याङ्जाका गंगाधर पाण्डे काभ्रेपलाञ्चोकमा फेला परेका छन् ।


ADVERTISEMENT


मानसिक सन्तुलन नभएका पाण्डेलाई समाजसेवी दुर्गानाथ दाहालले फेला पारी परिवारको जिम्मा लगाएका हुन् । केही दिनअघि मानसेवा आश्रम ललितपुर र दाहालको संयुक्त पहलमा उनलाई बनेपा नगरपालिका–३ मा फेला पारी सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गरिएको र परिवारसँग सम्पर्क भएको जानकारी दिए । पाण्डेलाई शनिबार मानसेवा आश्रममा परिवारको जिम्मा लगाइएको दाहालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बेसहारा व्यक्तिको उद्धार गरेर परिवारमा पुनःमिलन गराउन पाउँदा आफूलाई करोडौँको चिठ्ठा परेको अनुभव भएको दाहालले प्रतिक्रिया दिए । परिवारसँग भेट नहुँदासम्म उनलाई सोही आश्रमले औषधोपचार गर्ने र खानबस्ने व्यवस्था गरेको थियो ।

आफूले माया मारेको छोरा छ महिनापछि भेट्दा परिवारमा खुशीयाली छाएको पाण्डेका बुबा लक्ष्मीप्रसादले बताए । दाहालले सामाजिक सञ्जालमा पाण्डेको तस्वीर सार्वजनिक गरेपछि उनको परिवारले सम्पर्क गरेको थियो ।

आश्रम र दाहालको प्रयासमा यसअघि पनि हराएका ३०० जनाभन्दा बढी व्यक्तिलाई पुनःमिलन गराउन सफल भएको मानवसेवा आश्रम ललितपुरका संयोजक धर्मप्रसाद पौडेलले जानकारी दिए ।