काठमाडौं – अनेराश्ववियू (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष रञ्जित तामाङले एमसीसी कुनै हालतमा पास गर्न नदिने बताएका छन् । एमसीसी राष्ट्रहितमा नभएकाले यो कुनै पनि जोडबलले पास गर्न नहुने अध्यक्ष तामाङले बताएका हुन् । यता क्रान्तिकारीका माउ संस्था नेकपा माओवादी केन्द्र पनि एमसीसीको विपक्षमा नै छ ।


ADVERTISEMENT


माओवादी केन्द्र निकट विद्यार्थीहरुको संगठन अखिल क्रान्तिकारीले सरकारले राष्ट्रिय अस्मिता र स्वाभिमानको रक्षा नगरे कडा आन्दोलनमा उत्रिनेसमेत बताएको छ ।


ADVERTISEMENT

# # #


आरआर क्याम्पसमा आयोजित एक कार्यक्रममा बोल्दै  क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले स्वाभिमानको रक्षा नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने बताएका हुन् ।

माओवादी केन्द्र र उसका निकट भगिनी संस्थाहरु एमसिसीका विषयमा संसोधन गरेर मात्र पास हुनुपर्ने माग राखिराखेका छन् ।
बस्नेतले यसै सन्दर्भमा एमसिसी र जय सिंह धामी प्रकरणमा सरकारलाई खुट्टा नकमाउन भनेको छ ।

अमेरिकी हस्तक्षेप स्वीकार्य नहुने र एमसीसी सच्चिएर आउनुपर्ने अखिल क्रान्तिकारीको माग छ ।