काठमाण्डौं-पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाटरोराङस्थित जवाङमा भएको ट्रक दुर्घटनामा चालकको मृत्यु भएको छ । नारायणघाटबाट काठमाडौं जाँदै गरेको ना ६ ख २०९० नम्बरको ट्रक शनिबार राति जवाङ खोलामा पल्टिएको हो ।


ADVERTISEMENT


मृत्यु हुनेमा ट्रक चालक सर्लाही लालबन्दीका ३० वर्षीय गौरव खड्का रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । ट्रकका सहचालक घाइते छन् । उनको काठमाडौमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । -आजको कान्तिपुरबाट


ADVERTISEMENT

# # #