काठमाडौँ – डिश मिडिया नेटवर्क लि. (डिश होम) ले पोखरामा डिशहोम फाईबर नेटको औपचारिक सुरुवात गरेको छ।


ADVERTISEMENT


बुधबार नयाँबजारस्थित भट्टराई एण्ड ब्रदर्स सप्लायेर्स प्रा.लि.मा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष्य नारायण कोइरालाबाट समुद्घाटन सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रालिका अध्यक्ष अम्बिका मोहन भट्टराईले डिशहोम फाईबर नेटको औचित्यबारे प्रस्ट परे । उनले भने, ‘डिश होमले ईन्टरनेटमा गरेको लगानीले अब नेपालमा ईन्टरनेट क्रान्ति शुरु भयो। सस्तो सर्भासुलभ र गुणस्तरीय इन्टरनेट सेवा हरेक ग्राहकहरुलाई थप सेवा सुविधा सहित आज बाट जडान हुनेछ भने १०एमबीपीएस देखि ग्राहक को रोजाइ अनुसार १०० एमबीपीएससम्मको प्याकेज उपलब्ध रहेको छ।’

डिश होमकातर्फबाट एरिया सेल्स मेनेजर, सेल्स अफिसर, प्राविधिक, डिलर, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

सहरी एरिया मा सुरु गरेको डिशहोम फाईबर नेट आफ्नो सेवा लाइ ग्रामिण एरिया का ग्राहकलाई पनि छिट्टै उपलब्ध गराउने कुरा डिश होम का यरिया सेल्स मेनेजर प्रदिप सुबेदी ले जानकारी गराए । डिशहोम फाईबर नेटसंगै अन्य सेवा पनि छिट्टै सुरु हुने कुरा जानकारी गराए। यससँगै अब ईन्टरनेटको समस्याले कुनैपनी नागरिक बन्चित हुनुनपर्ने भएको छ ।

भट्टराई एण्ड ब्रदर्स प्रा.ली. ले डिस होम , डिस होम फाइबर नेटइन्टरनेट तथा विभिन्न उच्चस्तरिय ब्राण्डका इलेक्ट्रोनिक तथा अटोमोबाइल्सका सामानहरुको बिक्री वितरणमा गण्डकी तथा धवलागिरी क्षेत्रमा बजार विस्तार जमाएको छ ।