काठमाडौँ – पपुवा न्यूगिनी (पीएनजी)विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले सातौँ सफलता हात पारेको छ । ओमानको अल अमेरत क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ थालेको पीएनजीले सात विकेट गुमाएको हो ।


ADVERTISEMENT


नेपालका लागि डेब्यू आजै डेब्यू गरेका मध्यम गतिका बलर विक्रम सोबले नेपाललाई पहिलो र दोस्रो विकेट दिलाए । उनले आफ्नो डेब्यू खेलको पहिलो बलमै विकेट लिन सफल भए । जसक्रममा उनले १.१ ओभरमा टोनी उरालाई व्यक्तिगत १ रनमा बोल्ड आउट गरे ।


ADVERTISEMENT

# # #


यस्तै चौथो ओभरको अन्तिम बलमा कप्तान असाद भालालाई व्यक्तिगत ४ रनमा आरिफ शेखबाट क्याच आउट गरे । यस्तै सन्दीप लामिछानेले तीन विकेट लिएका छन् भने कुशल मल्लले अहिलेसम्म दुई विकेट लिएका छन् ।

सन्दीपले कार्लस अमिनीलाई २३ रनमा पेवेलियनको बाटो देखाए भने सीसी बाउलाई १४ रन बनाउँदा कुशल मल्लको हातबाट क्याच आउट गराए भने जासन किलालाई एलबीडब्ल्यूको धरापमा पारे ।

यस्तै कुशलले लेगा सियाकालाई ३० रनमा कट एन्ण्ड बोल्ड गरे भने किप्लिन डोरिगालाई कुशल भुर्तेलबाट क्याच आउट गराए ।

ताजा अवस्थामा पपुवा न्यूगिनीले २४ ओभरको समाप्तीमा ९८ रन बनाएर ७ विकेट गुमाएको छ ।