भक्तपर– सकिमाना पुन्ही (पिँडालु उसिन्ने पूर्णिमा)को अवसरमा आज भक्तपुरको यातुमहादेव र आशापुरेश्वर महादेव मन्दिरमा ठूलो मेला लागेको छ ।


ADVERTISEMENT


सकिमाना पुन्हीमा महादेवको पूजा आराधना र दर्शन गरी व्रत बस्नाले पुण्य प्राप्त हुनाका साथै राम्रो वर पाउने धार्मिक विश्वास रहेको छ । महादेवको पूजा गर्न आज आशापुरेश्वर र यातुमहादेवलागायत भक्तपुरका डोलेश्र र सुर्वणेश्वर महादेवको मन्दिरमा मेला लाग्ने गर्छ ।


ADVERTISEMENT

# # #


नेवार समुदायले धुमधामसँग सकिमना पुन्ही मनाउँदै

आज नेवार समुदायले सकिमना पुन्ही (पिँडालु उसिन्ने पूर्णिमा) धुमधामले मनाउँदैछन् । आजको दिन नेवार समुदायले विशेषगरी सकी अर्थात् पिँडालु उसिनेर खाने प्रचलन रहेको छ ।

नेवार समुदायले ऋतुअनुसारको उब्जनी आफ्नो उत्पादन इष्ट देवलाई चढाएर मात्र खाने प्रचलनअनुसार आजकोे दिन पिँडालु, सख्खरखण्डलगायतका कन्दमूल उसिनेर आफ्ना इष्टदेवलाई चढाएर खाने प्रचलन रहेको इतिहास तथा संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए। यसले शरीरमा तागत उत्पन्न हुने र शरीर स्वस्थ हुने जनविश्वास रहेको श्रेष्ठले बताए ।

आजै नेवार समुदायले एक महिने दाफा भजन कीर्तन सम्पन्न गर्ने प्रचलन रहेको छ । कोजाग्रत पूर्णिमाको दिनदेखि नेवार समुदायले आ–आफ्नो टोलमा रहेको गणेश, माहदेवलगायतका देवीदेवताका मन्दिरमा प्रत्येक साँझ भजनकीर्तन गाउन शुरु गर्छन् । सो भजनकीर्तन आज समापन गर्छन् ।

आजको दिन भजन मण्डलीहरुले साँझ मन्दिर अगाडि उसिनेको सखरखण्ड, पिँडालु तथा भुटेका मकै, भटमास र गहँुलगायतका गेडागुडीले विभिन्न देवीदेवता तथा मन्दिरको कलात्मक आकृति बनाउने गर्छ । अन्तमा त्यसैलाई प्रसादका रुपमा ग्रहण गर्ने प्रचलन रहेको छ ।