काठमाडौँ – पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र भारतले १–१ गोलको बराबरी खेलेका छन् । काठमाडौँको दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि ३६ औँ मिनेटमा गोल गर्दै पहिलो हाफमा नेपाललाई अग्रता दिलाएका थिए ।


ADVERTISEMENT


नेपालले पहिलो हाफमा भारतविरुद्ध आक्रमक खेल खेलेको थियो । पहिलो हाफमा भारतीय टोलीले पनि गोलको प्रयास गरे पनि सफल भने हुन सकेन । तर, भारतका अनिरुध थापाले ६० औँ मिनेटमा गोल फकाएपछि नेपाल र भारतले पहिलो खेलमा १–१को बराबरी गरेका हुन् ।


ADVERTISEMENT

# # #