काठमाडौं– नेपाली चलचित्र क्षेत्रमा सदाबहार नायिकाको रुपमा परिचित नायिका करिश्मा मानन्धरको पहलमा अन्र्तराष्ट्रिय स्तरको इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामान नेपाल भित्रिएको छ ।


ADVERTISEMENT


नायिका मानन्धरले विश्वव्यापी रुपमा प्रसिद्ध सो ब्राण्डका विद्युतीय सामान आधिकारिक रुपमा नेपाल भित्र्याएकी हुन् ।


ADVERTISEMENT

# # #


२५ वर्ष अघि सो ब्राण्डको सामान नेपाल भित्रिए पनि नेपालमा भने होम अप्लायन्स र स्मल होम अप्लायन्सका सामान आधिकारीक रुपमा पहिलो पटक नेपाल भित्रिएको हो ।सो ब्राण्ड उपभोक्ताको रोजाई बन्ने रिसिक ट्रेडिङ कन्सर्नकी म्यानेजिङ डाइरेक्टर समेत रहेकी मानन्धारको विश्वास छ ।

आठ वर्ष पहिले यस कम्पनीले उत्पादन गरेको मोवाइल नेपाल भित्रिएको र सन् २०१५ मा नेपाल र भारतमा नम्बर एक ब्राण्डको रुपमा स्थापित भएको कम्पनीले बताएको छ ।

विश्व बजारमा आफूलाई स्थापित गर्न सफल उक्त कम्पनीबाट उत्पादित सामानहरू गुणस्तरीय भरपर्दो रहेको कम्पनीको दाबी छ । कम्पनीले आवश्यक इलेक्ट्रोनिक्सका सामानहरू उपलब्ध गराउँदै आएको छ ।