काठमाडौँ– केहि समययता थुप्रिएका फोहोरका कारण दुर्गन्धित काठमाडौँको फोहोर भोलिबाट उठ्ने भएको छ ।


ADVERTISEMENT


काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायको बैठकले बुधबार बिहान ६ बजेदेखि काठमाडौँको फोहोर उठाउने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


थुप्रिएको फोहोरका कारण जिल्लामा दुर्गन्धसंगै प्रदूषण पनि बढेको भन्दै महानगर प्रमुख शाक्यले फोहोर व्यवस्थापनका लागि आफुले सक्दो पहल गरिएको जनाएका छन् । ‘हामीले गर्न सक्ने स्थानीयका समस्या भए हामी समाधान गर्छौ। हामीले समाधान गर्न नसक्ने समस्या भए हामी सम्वन्धित निकायसँग समाधानका लागि पहल गर्छौं। तर, लामो समयसम्म फोहोर नउठाउने कुरा हुँदैन।’ फोहोर व्यवस्थापनका लागि सम्बन्धित निकायसंगको छलफलमा लगातार आवश्यक प्रयास भइरहेको उनको भनाई छ ।

काठमाडौबाट उठाएर फोहोर पुनः नुवाकोटस्थित सिसडोलमा नै विसर्जन गर्ने अवस्था नभएपछि १८ गतेदेखि बञ्चरेडाँडामा फोहोर विसर्जन गर्ने महानगरले जनाएको छ । यस्तै, फोहोर व्यवस्थापनका लागि महानगरले आफुले सक्दो पहल गर्ने र त्यसमा सिसडोलका स्थानियबाट  केहि अवरोध सिर्जना भएमा सुरक्षा बलको समेत प्रयोग गरिने बताएको छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोट र काठमाडौँ बिच समन्वय गरेर सुरक्षाको प्रबन्ध मिलाउने र तत्काल फोहोर व्यवस्थापन गर्ने भन्ने बुझिएको छ ।

सिसडोलमा विगत वि.सं २०६२ देखि काठमाडौँको फोहोर विसर्जन गरिदैँ आएको छ । तर, केहि समययता लगातार वर्षाका कारण त्यहाँ जाने सडक अवरुद्ध भएको भन्दै महानगरले फोहोर उठाउन छोडेको थियो ।

लामो समयदेखि जताततै थुप्रिएको फोहोर व्यवस्थापन नगर्ने तर, कर नतिर्नेको घरघरमा पञ्चेबाजा लिएर पुग्ने भन्दै महानगरको चर्काे विरोध भएको थियो । जसअन्र्तगत मंगलबार मात्रै युथ काँग्रेस नेपालले मेयर शाक्यलाई फोहोर उपहार भन्दै महानगरको गेटमै गएर फोहोर राखिदिएका थिए ।

यस्तै, यता नगर प्रमुख शाक्यले हिजो मात्रै फोहोर व्यवस्थापन तथा समाधानको सन्दर्भमा प्रधानमन्त्री शेर बहादुर देउवासंग भेट गरी यसका निम्ति सहयोगको अपिल गरेको थियो । देउवाले पनि उक्त भेटवार्ताकै क्रममा सिसडोल बाटो जाने मार्ग तुरुन्तै मर्मत गर्न सडक विभागलाई निर्देशक दिएका थिए ।

यो पनि पढ्नुहोस् :

काठमाडौँका मेयरलाई फोहोर उपहार !

सिसडोलको मार्ग तत्काल मर्मत गर्न सडक विभागलाई प्रधानमन्त्रीको निर्देशन