काठमाडौँ – लामो समयदेखि काठमाडौँ महानगरपालिकामा फोहोर नउठाएको भन्दै युथ काँग्रेस नेपालले मेयर विद्यासुन्दर शाक्यलाई फोहोर उपहार दिएको छ ।


ADVERTISEMENT


युथ काँग्रेसले सोमवार महानगरपालिकाका मेयरलाई कार्यालयमै फोहोर उपहार दिन जान लाग्दा प्रहरीले रोकेको थियो । महानगरको गेटमै प्रहरीले उनीहरुलाई रोकेकोमा मेयरको नाममा गेटमै फोहोर उपहार राखिदिएका हुन् ।


ADVERTISEMENT

# # #


कर बाजा बजाएर उठाउन आउने तर फोहोरको डङ्गुर नदेख्ने महानगरपालिकाको सांकेतिक विरोधस्वरुप फोहोर उपहार दिइएको युथ काँग्रेसले जनाएको छ । गेटको बाहिर र भित्र फोहोर फालिएकोमा ‘मेयरलाई फोहोर उपहार’ लेखेको पम्पलेट पनि फोहोरसँगै राखिएको थियो ।

लामो समयदेखि काठमाडौँको फोहोर नउठ्दा चोक चोकमै फोहोर थुप्रिएको छ ।

सोमवार नै प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँमा फोहर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर उठाउने प्रबन्ध गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई निर्देशन दिएका छन् । उनले प्रधानमन्त्री निवास बालुबाटारमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई बोलाएर तत्काल फोहर उठाउने आवश्यक प्रबन्ध गर्न निर्देशन दिएका हुन्।