युरोपको प्रतिष्ठ्ति क्लब प्रतियोगिता च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गर्ने आठ टिमको समिकरण पुरा भएको छ।


ADVERTISEMENT


यसपालि पनि विगत झै स्पेनका ३ क्लब क्वाटरफाइनल प्रवेश गर्न सफल भएका छन्। जर्मनीको २ क्लब तथा इङल्यान्ड, फ्रान्स र इटालीको एक–एक वटा क्लब क्वाटरफाइनल प्रवेश गरेका छन्।


ADVERTISEMENT

# # #


गत सिजनको च्याम्पियन रियल म्याड्रिड लगातार ७ पल्ट च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गर्न सफल भएको छ। सन् २०११ देखि प्रतियोगिताको अन्तिम आठमा समावेश रियलले यस अवधिमा २०१४ र २०१६ मा उपाधि जितेको थियो।

रियल यसपालि इटालियन क्लब नेपोलीलाई पछि पार्दै क्वाटरफाइनल प्रवेश गरेको हो। यस्तै, स्पेनिस क्लब बार्सिलोना पनि लगातार १० वर्षदेखि क्वाटरफाइनल प्रवेश गर्दै आइरहेको छ। सन् २००८ देखि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा देखिदै आएको बार्सिलोनाले यस अवधिमा २००९ र २०११ मा उपाधि जितेको थियो। यसपालि बार्सिलोनाले दोस्रो लेगमा असम्भव मानिएको ६–१ गोलको नतिजा निकाल्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनीलाई पराजित गरेर क्वाटरफाइनलको यात्रा तय गरेको थियो।

तेस्रो स्पेनिस क्लबको रुपमा च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश पाएको एट्लेटिको म्याड्रिडको पनि यो लगातार चौथो उपस्थिति हो। एट्लेटिको २०१४ देखि क्वाटरफाइनल प्रवेश गर्दै आइरहेको छ। यस अवधिमा यो क्लब २०१४ र २०१६ मा फाइनल पुगेको थियो। यसपालि जर्मनी क्लब बायर लेभरकुसेनलाई धरासायी पार्दै एट्लेटिको क्वाटरफाइनल पुगेको हो।

स्पेनबाहेक जर्मनी क्लब वायर्न म्युनिखको पनि लगातार छैटौं क्वाटरफाइनल प्रवेश हो, च्याम्पियन्स लिगमा। यस अवधिमा यो क्लब हरेक पल्ट सेमिफाइनल पुगेको छ। अझ, २०१३ मा उपाधि नै जितेको थियो। अर्को जर्मनी क्लब बोरुसिया डर्टमुन्डको भने २०१४ पछि क्वाटरफाइनल प्रवेश हो। बोरुसियाले यसपालि पोर्चुगिज क्लब बेनिफिकाको योजना भताभूङ पारेको थियो।

यसबाहेक क्वाटरफाइनलमा प्रवेश गरेको इटालियन क्लब युभेन्ट्स गत साल अन्तिम १६ बाट बाहिरिएको थियो। फ्रेन्च क्लब मोनाको भने २ वर्षपछि क्वाटरफाइनलमा फर्किएको हो। सन् २०१५ मा क्वाटरफाइनल पुगेको मोनाको गत साल छनोट हुन सकेको थिएन।

इङ्लिस क्लब आर्सनल र म्यानचेस्टर सिटी अन्तिम १६ बाट बाहिरिएको अवस्थामा लेस्टर सिटी एक मात्र इङ्लिस क्लबको रुपमा क्वाटरफाइनल प्रवेश गरेको छ। लेस्टर च्याम्पियन्स लिगको ‘डेब्यु’ सिजनमै क्वाटरफाइनल प्रवेश गरेको हो।