काठमाडौँ – श्रावणी पूर्णिमाको शुभ दिन ‘विश्व संस्कृत दिवस’ को अवसरमा, वेदको भाषा संस्कृत को महत्त्व लाई प्रकाशमा ल्याउनको लागि ‘संस्कृत : पूर्वीय संस्कृतिको स्रोत’ शीर्षकमा एउटा अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न भएको छ । नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले उद्घाटन गरेको उक्त सेमिनार विद्यमान कोभिड १९ का कारण भौतिक तथा भर्चुअल रुपमा आयोजना गरिएको थियो।


ADVERTISEMENT


समारोहमा वाङ्गमय शताब्दी पुरुष र नेपालका महान् विद्वान् सत्य मोहन जोशी, पद्मश्री पुरस्कार विजेता चमू कृष्ण शास्त्री लगायत भारत, नेपाल, अमेरिका, बेलायत र इटलीका प्रख्यात विद्वानहरूको उपस्थिति थियो । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) का अध्यक्ष विनय सहस्रबुद्धेले भिडियो सन्देश मार्फत कार्यक्रमको लागी शुभकामना व्यक्त गरेका थिए ।


ADVERTISEMENT

# # #


No description available.

सेमिनारमा नेपालका १५ संस्कृत विद्वानहरूले आफ्नो शोध पत्र प्रस्तुत गरे र भारत र विदेशका ३० भन्दा बढि विद्वान् हररूले संस्कृत भाषा, साहित्य, संस्कृति, तंत्र, व्याकरण,आयुर्वेद, ज्योतिष, र योग लगायत विभिन्न बिषयहरूमा आफ्ना लेख र विचार प्रस्तुत गरे।

नेपाल प्रज्ञा प्रतिष्ठान , काठमाण्डौ विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपतिहरूका साथै नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष र त्रिभुवन विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालयका डीनसहित थुप्रै संस्कृत विद्वान् हरूले सेमिनारमा आ-आफ्नो विचार आदान प्रदान गरे। उक्त सेमिनारमा नेपाल, भारत लगायत अन्य मुलुक का ४५ विद्वानहरुले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए। फेसबुक लाईभको माध्यमबाट पनि हजारौंले यो सेमिनारमा आफ्नो उपस्थिति जनाएका थिए ।

No description available.

सेमिनारको उद्घाटन सत्रमा महामहीम भारतीय राजदूत विनय मोहन क्वात्रा, शताब्दी पुरुष सत्यमोहन जोशी, चमू कृष्ण शास्त्री तथा प्राज्ञ भीम प्रसाद खतिवडाबाट सामुहिक रूपमा ‘संस्कृतम् भारत–नेपालयोः संपत्तिः भाग २’ शीर्षक महत्त्वपूर्ण पुस्तकको पनि विमोचन गरियो ।

No description available.