काठमाडौँ – नेपालमा मंगलबार थप २ हजार ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको ९ हजार ९ सय ९ पीसीआर परीक्षणका क्रममा १ हजार २० र ४ हजार ९ सय १ एन्टीजेन परीक्षणका क्रममा ५०५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ३१ हजार ९ सय ६८ पुगेको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै कोरोनाका कारण थप ३५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ५ सय ६८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप दुई हजार ८६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख २ हजार १ सय ८३ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ३८ हजार २ सय ५० सक्रिय संक्रमित आइशोलेशन र ३९५ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३८ लाख ४९ हजार ३०४ वटा पीसीआर र ४ लाख ४० हजार ७८ वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।