काठमाडौँ– उपत्यकामा पछिल्लो समय तोकिएको निषेधाज्ञाको अवधि आज राति १२ बजेबाट सकिदैँछ । निषेधाज्ञालाई थप अघि बढाउने छलफल सम्बन्धमा मंगलबार उपत्यकाका तीन प्रशासनबीच पुनः बैठक हुने भएको छ ।


ADVERTISEMENT


जारी निषेधाज्ञालाई निरन्तरता दिने जिल्ला अधिकारीबीच मौखिक वार्ता भइसकेको काठमाडौँ जिल्ला अधिकारी कालीप्रसाद अधिकारीले जनाएको छ । ‘आज बस्ने बैठकमा अन्य सम्बन्धित निकायसँग पनि छलफल गरेर निषेधाज्ञालाई कसरी अघि लैजाने भन्ने निस्कर्षमा पुग्छौ’, उनले भने ।


ADVERTISEMENT

# # #


कोभिड–१९ दोस्रो महामारीको संक्रमण बढेसंगै वैशाख १६ गतेदेखि शुरु भएको निषेधाज्ञा उपत्यकामा हालसम्म जारी छ । यद्यपि सर्वसाधारणको आवश्यकता र संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले निषेधाज्ञालाई खुकुलो बनाउँदै गएको छ ।

यसअघि थप भएको निषेधाज्ञामा राति ८ बजेपछि निजी तथा सार्वजनिक सवारीलाई गुड्न रोक लगाइएको थियो । यस्तै, धेरै भिडभाड हुने विद्यालय, सिनेमा हल, डान्स बार, होटेल रेष्टुरेष्टजस्ता क्षेत्र भने अझै पनि प्रतिबन्धित छ ।