काठमाडौँ– अभिनेत्री श्वेता खड्का पति श्रीकृष्ण श्रेष्ठको देहावसान पछि पहिलो पटक सिनेमाको गीतमा देखिएकी छिन । श्वेताले चर्चित अभिनेता दयाहाङ राई संग कम्मर मर्काएको ‘कान्छी’ चलचित्रको पहिलो गीत ‘चरी चट्ट परि’ सार्वजनिक भएको छ ।


ADVERTISEMENT


आफ्नै लगानीमा निर्माण गर्न लागेको चलचित्र ‘कान्छी’ को पहिलो गितमा अभिनेता दयाहाङ राई संग नायिका श्वेता खड्काले चलचित्रमा अभिनय गरेकी छिन । सार्वजनिक भएको गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत रहेको छ भने गायिका अन्जु पन्त संगै राजनराज सिवाकोटीको स्वर रहेको छ। गीतको भिडियोलाई वसन्त श्रेष्ठले कोरियाग्राफी गरेका हुन् ।


ADVERTISEMENT

# # #


स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठप्रति समर्पित चलचित्र ‘कान्छी’ लाई श्वेता खड्का र शैलेस खड्काले संयुक्त रुपमा निर्माण गरेका हुन्। आकाश अधिकारीले निर्देशन गरेको चलचित्र ‘कान्छी’का सह निर्माता रबिन खड्का हुन्, भने चलचित्रको द्वन्द निर्देशन हिमाल केसीले गरेका छन् । चलचित्रलाई यम थापाले लेखेका हुन्, भने चलचित्रलाई पुर्षोतम प्रधानले खिचेका छन् ।

चलचित्रमा श्वेता खड्का संगै अहिलेका चर्चित अभिनेता दयाहाङ राई, अनु शाह, प्रज्जल सुजल गिरी, कामेश्वर चौरासिया, बिनोद न्यौपाने, भूमिका श्रेष्ठ, रमेश अधिकारी, जयनन्दा लामा, निर शाह, अशान्त शर्मा लगायतका नयाँ तथा पुराना चर्चित कलाकारहरुको अभिनय रहेको छ । चलचित्र ‘कान्छी’ माघ २६ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने छ ।

भिडियो हेर्नुस्