काठमाडौँ – नेपाल खेलकुद महासंघका अध्यक्ष एवं युवा संघ नेपालका पूर्वअध्यक्ष रमेश पौडेलले सभामुख अग्नी सापकोटाको कार्यशैलीले सभामुख पदको बदनाम भएको आरोप लगाएका छन् ।


ADVERTISEMENT


महासंघले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमालेले १४ जनालाई कारबाही गरेर विभाजन रोक्न खोजेपनि प्रचण्डको तामेलीकता बनेर सभामुखले कारबाही गर्न ढिला गरेकाले पार्टी विभाजन भएको बताए ।


ADVERTISEMENT

# # #


सभामुख जस्तो सम्मानित पदलाई बदनाम गर्ने काम भैरहेको छ,’ उनले भने, ‘उनले राजीनामा दिएर पार्टीको काम गर्न सक्छन् तर त्यो पदमा बसेर बदनाम गर्न मिल्दैन् । सभामुख कि सच्चिनुपर्छ कि पद छाडनुपर्छ ।’ सभामुखको कार्यशैलीले उनलाई फाइदा नहुने र असक्षम सभामुख बन्ने उनले बताए । सेटिङमा प्रचण्ड र उनका कार्यकर्ताहरु लागेर एमाले फुटाएको आरोप उनले लगाए ।

सरकार र सभामुखका विरुद्धमा सडक र सदन दुबैबाट प्रतिवाद गरिने अध्यक्ष पौडेलले चेतावनी दिए । उनले अब एमालेलाई जनताको पार्टी बनाउदै सशक्त ढंगले विकास र समृद्धिको स्पष्ट योजना सहित अगाडी बढाउने बताए ।