काठमाडौँ – जिल्ला अदालत ललितपुरको आदेशपछि पुल्चोकस्थित सडक पेटीमै समय फल्चा (पाटी) निर्माण गर्ने निर्णयबाट ललितपुर महानगरपालिका पछि हटेको छ ।


ADVERTISEMENT


बिहीबार पाटी निर्माणका लागि शिलान्यासको तयारी भइरहेका बेला बुधबार जिल्ला अदालत ललितपुरले तत्कालका लागि निर्माण सम्बन्धी कार्य नगर्नू भन्ने अन्तरकालीन आदेश दिएसँगै महानगरले तत्काललाई स्थगित गरेको हो ।


ADVERTISEMENT

# # #


यद्दपी उक्त ठाउँमा पार्टी बनाएरै छाडेने महानगरका मेयर चिरीबाबु महर्जनले जिकिर गरेका छन् । ‘हामी शिलान्यासको लागि तम्तयार भएर बसेको थियौँ । तर, अदालतले तत्काललाई शिलान्यासको कार्य नगर्नू भन्ने आदेश दियो ।’ उनले भने, ‘अदालतको निर्णयलाई हामी सम्मान गर्छौं । तर, आजको सट्टा एक, दुई वा तीन हप्तापछि होला, तर यो हामी गरेरै छाड्छौँ ।’

उक्त ठाउँमा पाटी बनाउने कार्य कसैले छेक्न नसक्ने दाबी गर्दै उनले अघि थपे, ‘यो हाम्रो भीष्म प्रतीज्ञा हो । कसैले छेकेर छेकिने छैन । अबको शिलान्यास यो भन्दा पनि १० गुणा ठूलो हुने गरी गर्छौं ।’

लालीगुराँस बहुउद्देश्यीय संस्था ललितपुरले सरकारको नाममा रहेको जग्गालाई संरक्षण गरी फुटपाथलाई यथावत राख्न माग गर्दै जिल्ला अदालत ललितपुरमा निवेदन दायर गरेको थियो । सोही मुद्दामा बुधबार जिल्ला न्यायाधीश देवकुमार गिरीको इजसालले पुल्चोकस्थित सडक पेटीमै समय फल्चा (पाटी) निर्माण गर्ने निर्णय कार्यान्वयन नगर्न ललितपुर महानगरपालिकाका नाममा अन्तरकालीन आदेश जारी गरेको थियो ।

यसअघि सडक विभागलेसडक पेटीमै पाटी निर्माण गर्नु ऐन विपरित हुने भन्दै गत वर्ष पुस अन्तिम साता निर्माण रोक्न परिपत्र गरेको थियो । विभागका अनुसार सडकको केन्द्रविन्दूदेखि ११–११ मिटरभित्रको जमिन सरकारी जग्गाभित्र पर्ने र त्यहाँ सार्वजनिक सडक ऐन, २०३१  अनुसार अन्य संरचनाहरु गर्न निर्माण गर्न पाइँदैन ।

तर, ललितपुर महानगरपालिकाले पुल्चोकस्थित सडक पेटीमै समय फल्चा (पाटी) पुननिर्माण गर्ने भन्दै ३० लाख रकम छुट्याएको थियो । महानगरपालिकाले आर्थिक वर्ष २०७८–७९ को शुरुदेखि नै पाटी निर्माणको काम शुरु गर्ने तयारी गरेको थियो ।