काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कार्यव्यस्तताका कारण वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउने भएका छन् ।


ADVERTISEMENT


पार्टीका तर्फबाट डडेल्धुरामा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका प्रधानमन्त्री देउवाले आफ्ना सहयोगी गणेशप्रसाद पन्तमार्फत उम्मेदवारी दर्ता गर्ने प्रधानमन्त्रीका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिए।


ADVERTISEMENT

# # #


आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि निर्वाचन आयोगले आज उम्मेदवारी मनोनयन गर्ने तालिका तोकेको छ ।

पार्टीका उम्मेदवार तय गर्न बुधबार रातिसम्म पार्टीको संसदीय समितिको बैठकमा व्यस्त हुनु परेकाले प्रधानमन्त्री देउवा उम्मेदवारी दर्ता गर्न आफू जान नसक्ने भएका हुन्।