काठमाडौँ– कामना सेवा विकास बैंक र सम्यक डाईग्नोष्टिक प्रा लि. बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौतासंगै कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकले सम्यक डायग्नस्टिकमा स्वास्थ परिक्षण गराउदा १५ % को छुट प्राप्त सक्नेछन् ।


ADVERTISEMENT


उक्त सुविधा सम्यक डाईग्नोष्टिक को जावलाखेल तथा मध्य बानेश्वरमा रहेका शाखाबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।


ADVERTISEMENT

# # #


नेपालकै पहिलो आई .एस.ओ १५८९ : २०१२ मान्यता प्राप्त स्वास्थ प्रयोगशाला सम्यकले स्वास्थ प्रशिक्षण सम्बन्धी उतकृष्ट सुविधा प्रदान गर्दै आइरहेको छ । यो सम्झौताबाट बैंकका कर्मचारी तथा ग्राहक महानुभावहरुले अधिकतम लाभ लिन सक्ने बैंकको विश्वास छ ।

ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालय रहेको कामनाले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, एक विस्तारीत शाखा ७२ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधा विस्तार गरिरहेको छ ।

यसका साथै बैंकले सोसल मिडिया बैकिंङ, केएस आईमोबाइल जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।