काठमाडौँ – नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले द्धन्दरत मुलुक अफगानिस्तानबाट तत्काल आफ्ना नागरिकलाई ल्याउने प्रवन्ध गर्न सरकारसँग आग्रह गरेको छ ।


ADVERTISEMENT


अफगानिस्तानको विद्रोही संगठन तालिबानले अफगानिस्तानमा राज्यसत्ता कब्जा गर्ने सम्भावना बढे संगै त्यहाँ विभिन्न काम, पेशा र व्यवसायका कारण रहेका नेपाली नागरिकहरुको सुरक्षाको जोखिम बढेको छ ।


ADVERTISEMENT

# # #


यस्तो अवस्थामा द्वन्दरत मुलुक अफगानिस्तानबाट आफ्ना नागरिकहरुलाई तत्काल उक्त मुलुक छाड्न र विपत्तिमा परेका नागरिकहरुलाई सरकार आफैले स्वदेश ल्याउन आवश्यक व्यवस्था गर्न एवं उनीहरुको जीवन रक्षा गर्नको निम्ति संवेदनशील हुन तरुण दलले आग्रह गरेको हो ।

अफगानिस्तानको विद्रोही संगठन तालिबानले विदेशी नागरिकहरुलाई अफगानिस्तान छाड्न चाहेमा समय दिएकोले पनि अफगानिस्तानमा ठुलो संख्यामा रहेको नेपाली नागरिकको सुरक्षित घर फिर्ती र त्यहाँ रहेका आफ्ना नागरिकको जीवन रक्षाको सुनिश्चितताको लागि सरकारले तत्काल विशेष पहल गर्न तरुण दलले ध्यानाकर्षण गराएका संगठनका अध्यक्ष जीतजंग बस्नेतले जानकारी दिए ।