काठमाडौँ – भारतीय रियालिटी शो इन्डियन आइडल सिजन १२ को उपाधि पवनदीप राजनले जितेका छन् । उत्तराखण्डका पवनदीपले गत राति भएको शोको ग्राण्ड फिनालेमा ५ जनालाई पछि पार्दै उपाधि जितेका हुन् ।


ADVERTISEMENT


उपाधिसँगै पवनदीपले २५ लाख भारतीय रुपैयाँ, एउटा कार र ट्रफी जितेका छन् ।


ADVERTISEMENT

# # #


फाइनलसम्म पवनदीपका साथ अरुणिता काञ्जिलाल, सायली काम्बले, मोहम्मद दानिश, निहाल तथा शनमुखाप्रिया पुगेका थिए ।

फाइनलमा अरुणिता दोस्रो, सायली काम्बले तेस्रो, मोहम्मद दानिश चौथो, निहाल पाँचौँ तथा शनमुखाप्रि छैठौँ भएका छन् ।