एजेन्सी – तीव्र रुपमा अफगानिस्तानका सहरहरु नियन्त्रणमा लिइरहेको विद्रोही संगठन तालिवानले आफूले कसैसँग बदला नलिने बताएको छ ।


ADVERTISEMENT


बीबीसीसँग कुरा गर्दै तालिवानका प्रवक्ता जाबिउल्लाह मुजाहिदले अफगानिस्तानका कुनै पनि नागरिकसँग बदला नलिने बताएका हुन् । उनले भने, ‘हामी अफगानिस्तानका नागरिक, विशेष गरी काबुल शहरमा रहेका मानिसलाई विश्वस्त पार्न चाहन्छौँ कि उनीहरुको सम्पत्ति र जीवन सुरक्षित छ । कोही कसैसँग बदला लिइने छैन ।’


ADVERTISEMENT

# # #


उनले अघि थपे, ‘हामी यो देश र जनताका नोकर हौँ ।’

यस्तै मुजाहिदले आफूहरु शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणको प्रतीक्षामा रहेको बताएका छन् ।

सम्बन्धित समाचार
– आफ्ना लडाकूलाई तालिवानको निर्देशन : आम मानिसलाई दुःख नदिनू
– अफगानी राष्ट्रपति घानी र उपराष्ट्रपति सालेहले छाडे देश

यसैबीच अफगानिस्तानका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अबिरुल्लाह सालेहले देश छाडेका छन् । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनीहरुको देश छाडेको अफगानी अधिकारीहरुले जनाएका छन् ।

तालिबानले गत १० दितदेखि अफगानिस्तानका अधिकांश ठूला शहर नियन्त्रणमा लिएको थियो । त्यस पछि उनीहरुले राष्ट्रिपति घानीलाई पदबाट राजीनामा दिन दबाब दिँदै आएको थिए।