काठमाडौं – मकवानपुरका एसपी सोमेन्द्रसिंह राठौरले आँफूमाथि अभद्र व्यवहार गरेको हेटौंडा उपमहानगरपालिका–५ का वडाध्यक्ष राजेश बानियाँले आरोप लगाएका छन् ।


ADVERTISEMENT


राठौरले बुधबार प्रहरी कार्यालयमा आफूलाई मुखमा आए जति छाडा शब्दले गाली गरेको वडाध्यक्ष बानियाँको आरोप छ ।


ADVERTISEMENT

# # #


बुधबार साँझ केही व्यवसायीलाई निषेधाज्ञाको समयमा व्यवसाय खोलेको आरोपमा प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय लगेको थियो । व्यवसायीलाई जबरजस्ती धरपकड गरी प्रहरीले नियन्त्रणमा लिए पछि वडाध्यक्ष बानियाँसँग एसपी राठौंर आमने सामने भएका थिए । कुराकानीकै क्रममा जनप्रतिनिधि जस्तो मान्छेलाई एसपी राठौरले अभद्र व्यवहार गरेको बानियाँले बताएका छन् ।

‘प्रहरी कार्यालयमा एक्कासि उहाँ आएर, भोटको राजनीति गर्ने ? मेरो सिधै प्रधानमन्त्रीसम्म पहुँच छ भन्दै अभद्र व्यवहार गर्नुभो, गृहमन्त्रीको कुरा निकालेर आफू सुशील कोइराला प्रधानमन्त्री हुदाँ पीएसओ बसेको भन्दै पहुँचको दम्भ प्रस्तुत गर्नुभयो,’ बानियाँले भने, ‘ममाथि उहाँले तल्लो स्तरमा ओर्लिएरै व्यवहार गर्नुभयो ।’

यता हिमालय पोष्टसँगको कुराकानीमा भने एसपी राठौरले समाचारमा आएजस्तो दुर्व्यबहारको घटना नभएको बताए ।

‘उहाँहरू मान्छेलाई छुटाउन आउनु भएको थियो, सौहार्दपूर्ण रूपमा सामान्य कुराकानी मात्रै भएको हो,’ एसपी राठौरले भने, ‘मबाट कुनै दुर्व्यवहार भएको होईन ।’

उनले आरोप लगाए अनुसार ‘प्रधानमन्त्री, गृहमन्त्रीको’ आडमा दुर्व्यवहार गरेको भन्ने कुराको सत्यता समेत नभएको बताए । ‘म कसैको मान्छे होईन, राज्यको मान्छे हो,’ एसपी राठौरले भने ‘कर्तव्य पालनादेखि बाहेक मबाट केही भएको होईन ।