काठमाण्डौं- नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र एलपी ग्यासको भाउ बढेको हो ।


ADVERTISEMENT


निगमले पेट्रोलको मुल्य प्रतिलिटर २ रुपैयाँ, डिजेल तथा मट्टितेलमा १ रुपैयाँ ५० पैसा तथा ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले बढाएको हो । नयाँ मुल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर ७५ रुपैयाँ ५० पैसा पुगेको छ । यस्तै, ग्यासको नयाँ मूल्य प्रति सिलिन्डर १ हजार ३ सय ५० रुपैयाँ पुगेको छ । बढेको मुल्य आजै राती १२ बजेबाट लागु हुने निगमले जनाएको छ ।


ADVERTISEMENT

# # #


इन्डियन आयल कर्पोरेसन्स (आइओसी)ले पठाएको नयाँ मूल्य सूची अनुसार इन्धनको मुल्य समायोजन गरिएको निगमका प्रबक्ता वीरेन्द्र गोइतले जानकारी दिए । आइओसीले अंग्रेजी महिनाअनुसार एक र १६ तारिकमा नयाँ मुल्य सूची पठाउँने गरेको छ । – आजको कान्तिपुरबाट