काठमाडौँ – नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले आज भेट गरी आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा टिकट बाँडफाँडबारे आज छलफल गरेका छन् ।


ADVERTISEMENT


बालुवाटारमा भएको भेटमा झापा–३ मा नेपाली काँग्रेस र राप्रपाबीच भएको लिखित सहमति विपरित काँग्रेसले उम्मेदवार उठाएको विषयमा अध्यक्ष थापाले आपत्ति जनाएका थिए । उक्त स्थानमा काँग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र राप्रपाले महामन्त्री राजेन्द्रप्रसाद लिङ्देनलाई उम्मेदवार बनाएको छ ।


ADVERTISEMENT

# # #


छलफलमा झापामा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति दुई नेताबीच भएको राप्रपाका प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । उक्त स्थानमा लोकतान्त्रिक गठबन्धनबाट दुई उम्मेदवारको प्रतिस्पर्धा भए पनि देशभरका अन्य स्थानमा पूर्वसहमति अनुसार दुवै पार्टीले एक अर्कालाई सहयोग गर्ने सहमति भएको छ ।

पूर्वसहमति अनुसार काँग्रेसले प्रतिनिधिसभामा सात संख्या तथा प्रदेशसभामा २० देखि २५ सिट राप्रपालाई दिने भएको पाठकले जानकारी दिए ।