काठमाडौँ– लत्ताकपडा, जुत्ता घडीलगायतका सामानमा बढी मूल्य लिई ठगी गर्ने दरबारमार्गका ‘फरार’ व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ ४ बजेदेखि ९ बजे भित्रमा दरबारमार्ग र ठमेलबाट उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएका प्रहरीले ९ जना व्यापारीलाई पक्राउ गरेको एसएसपी रवीन्द्र धानुकले बताए ।


ADVERTISEMENT


पक्राउ पर्नेमा राजेश्वर श्रेष्ठ, सुवास महर्जन, जितेन्द्र महर्जन, श्रीकृष्ण महर्जन, रोशन ओडारी, रौनक शर्मा, उत्तमकुमार बस्नेत, प्रवीण झा र तुलसीधर भण्डारी रहेका छन् । उनीहरुलाई कालोजारी ऐन अन्तर्गत मुद्धा चलाइएको छ । उनीहरुलाई काठमाडौं परिसरमा राखिएको धानुकले बताए ।


ADVERTISEMENT

# # #


महानगरीय प्रहरी परिसर टेकुले १३ व्यवसायीलाई कार्यालयमा उपस्थित हुन पत्र काटेको जानकारी पाएपछि उनीहरू केहीसमययता सम्पर्कबिहीन भएका थिए । व्यवसायीहरू पसलमा कामदार राखेर सम्पर्कविहीन भएर बसेका थिए ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले भदौ १९ र २१ गते दरबारमार्गका पसल अनुगमन गर्दा अत्यधिक नाफा लिने गरेको फेला पारेपछि ९ वटा पसलमा सिल गरिएको थियो । दुईवटा पसलमा भने सिलबन्दी गरिएको थिएन । विभागले ती दुई लत्ताकपडा व्यवसायीलाई पनि कारबाहीका लागि सिफारिस गरेको थियो । टोलीले २१ गते नै न्युरोडको लत्ताकपडा पसलमा पनि अनुगमन गरेको थियो । त्यस क्रममा दुई पसललाई सिलबन्दी गरेको थियो । विभागका शाखा अधिकृत रमेश श्रेष्ठका अनुसार ती व्यवसायीसँग लिएको बयान विश्लेषण गरी परिसरमा बुझाएको थियो । विभागले अत्यधिक मुनाफा राखी बिक्री गरेको निष्कर्षसहित कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार कारबाही गर्न फाइल बुझाएको थियो । विभागले पेस गरेको फाइलको आधारमा परिसरले असोज २१ गतेबाट अनुसन्धान थालेको हो ।

ती फाइलका आधारमा परिसरले पुनस् अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने जनाएको थियो । तर, कारबाहीमा पर्ने डरले व्यवसायीहरू फरार भएका थिए ।

भदौ २१ गते दरबारमा पुनस् अनुगमन गर्दा छुटका नाममा व्यापारीले थप ठगी गरिरहेको फेला परेको थियो । त्यस क्रममा अनुगमन टोलीले वाच एन्ड सी, सुलक्स सेन्टर, लेबल्स स्टोर प्रालिको रिबक, लाइन्स स्टाइल इन्टरप्राइजेज प्रालिको बोसिनी, लेबल्स स्टोर प्रालिका पसल सिलबन्दी गरेको थियो ।