काठमाडौँ – ‘द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि किरण गजमेरले जितेका छन् । टीम प्रमोदबाट फाइनलमा पुगेका गजमेरले उपाधिसँगैँ २५ लाख रुपैयाँ जितेका छन् ।


ADVERTISEMENT


एक साता लामो दर्शकको भोटिङपछि गजमेरले उपाधि पाएकोमा टीम राजुबाट तारा श्रीष मगर, टीम दीपबाट आर्यन तामाङ र टीम तृष्णाबाट ज्वालाले फाइनालिस्टको ट्रफी पाएका छन् ।


ADVERTISEMENT

# # #


यसअघि पनि टीम प्रमोदबाटै राम लिम्बुले भ्वाइस अफ नेपालको उपाधि जितेकोमा टीम प्रमोदबाटै गजमेरले दोश्रो पटक नेपालकै नम्बर १ रियालिटी शोको टाइटल जितेका हुन् ।