काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक हाल जारी रहेको छ।


ADVERTISEMENT


बिहीबार पनि बसेको बैठकलाई निरन्तराता दिदैँ नेपाल समूह अहिले पनि बैठक बसेको हो ।


ADVERTISEMENT

# # #


बुद्धनगरस्थित एक पार्टी प्यालेसमा जारी आजको सो बैठकमा सुरेन्द्र पाण्डेले समेत उपस्थित जनाएका छन् ।

बिहीवारको बसेको बैठकमा उपस्थित नेता सम्मानजनक एकतामा जोड दिनुपर्ने बताएका थिए भने, केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको विवादमा सम्मानजनक रुपमा सहमति गर्न सुझाएका थिए ।

यद्यपि नेपालले भने यस विषयको खण्डन गर्दै अहिलेको अवस्था ओलीको नेतृत्व रहेसम्म मिलेर अघि बढ्न सक्ने अवस्था नरहेको प्रतिक्रिया दिएका थिए ।