काठमाण्डौं-अभिनेता रमेश उप्रेतीले आफ्नै निर्माणमा खेलेको फिल्म ‘ऐश्वर्य’ ले हलमा दर्शक बटुलिरहेका बेला निर्माण युनिटले फिल्म क्षेत्रका हेभिवेटलाई स्पेसल सोमा आमन्त्रण गरी फिल्म देखाएको छ । दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्मको मंगलबार सुन्धारा स्थित सिने डी सेफ मल्टिप्लेक्समा स्पेसल सो गरिएको थियो ।


ADVERTISEMENT


जसमा भुवन केसी, विराज भट्ट, राजेन्द्र खड्गी, रवीन्द्र खड्का, आकाश अधिकारी, साम्राज्ञी राज्यलक्ष्मी शाह, मरिस्का पोखरेल, मुस्कान ढकाल, रूपा रानालगायतका कलाकार तथा निर्देशकहरू थिए ।सो सकिएपछि ‘ऐश्वर्य’ का कलाकार रमेश, दीपिका प्रसार्इं, प्रशान्त ताम्राकार, निर्मल शर्मालगायतले आगन्तुकका प्रतिक्रिया लिएका थिए । अधिकांशले फिल्मलाई आमदर्शक लक्षित रमाइलो फिल्म भनी अभिमत दिएका थिए । वर्षौं अमेरिका बसेर स्वदेश फिरेपछि रमेशले ‘ब्रासलेट’ खेले पनि खास कमब्याक ‘ऐश्वर्य’ मार्फत गरेको बताएका थिए । हलमा दर्शकको उत्साहप्रद उपस्थिति र फिल्मकर्मीबाट बटुलेको सुखद प्रतिक्रियाले पुल्कित बनेका रमेशले भने, ‘बल्ल मेरो कमब्याक सार्थक भएको महसुस गरेको छु । यस्तो सुखद प्रतिक्रियाले मलाई आगामी फिल्म खेल्न झनै उर्जा मिलेको छ ।’ डेब्यु फिल्म भए पनि दीपिकाले निकै तारिफ पाइरहेकी थिइन् । स्पेसल सोमा फिल्मकी अर्की नायिका केकी अधिकारी भने उपस्थित थिइनन् ।


ADVERTISEMENT

# # #


अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माताका रूपमा रहेको फिल्ममा दीर्घ खड्काको सम्पादन र सुदीप बरालको सिनेमाटोग्राफी रहेको छ । संगीत अर्जुन पोखरेलले दिएका हुन् भने कोरियोग्राफी तेन्जु योञ्जन र एन्जिला खत्रीको रहेको छ । – आजको कान्तिपुरबाट