काठमाण्डौं- युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार प्रिमियर लिग च्याम्पियन चेल्सी इटालियन क्लब रोमासँग पराजित भएको छ । रोमाको मैदानमा इङलिस् टोली ३-० ले हार्‍यो। स्टेफेन एल सारावीले पहिलो हाफमा दुई र डिएगो पेर्रोट्टीले दोस्रो हाफमा एक गोल थपेपछि रोमाको जित पक्का भएको थियो ।


ADVERTISEMENT


समूहको अर्को खेलमा काराबागले एटलेटिको म्याड्रिडलाई उसकै घरेलु मैदानमा १-१ को बराबरीमा रोक्यो । काराबागले मिसेलको गोलमा ४० औं मिनेटमा अग्रता लिएपनि थोमसले ५६ औं मिनेटमा बराबरी गोल गरे ।


ADVERTISEMENT

# # #


अंक तालिकामा रोमा ८ अंक सहित शीर्षस्थानमा छ भने चेल्सीको ७ अंक छ । एटलेटिको ३ अंक बोकेर तेस्रो र कराबाग २ अंकसहित चौथोमा छ । – आजको कान्तिपुरबाट