काठमाण्डौं- नेपालको व्यापारिक परिदृश्य भारत नभई अब चीनतर्फ ढल्किन थालेको छ । केहीवर्ष अघिसम्म ८० प्रतिशत सम्म भारतीय हिस्सा ओगटेको मुलुकको व्यापार विस्तारै चीनतर्फ ढल्किदै गएको हो । चालु वर्षको भदौमा भारततर्फ निर्यात घटेको छ भने चीनतर्फ उल्लेख्य रुपमा बढेको छ । यस्तै आयतको हिस्सा पनि भारतको तुलनामा चीनतर्फ बढी देखिएको राष्ट्रबैंकको पछिल्लो अध्ययन प्रतिवेदनले देखाएको छ । चालु वर्षको राष्ट्रबैंकको २ महिनाको तथ्याङ्क अनुसार भारततर्फ निर्यात ३ दशमलव ३ प्रतिशतले घटेको छ भने चीनतर्फ नेपालको निर्यात व्यापार ४४ दशमलव ६ प्रतिशतले बढेको छ । सोही अवधिमा भारतबाट ८ दशमलव १ प्रतिशतको हाराहारीमा आयत भएको छ भने चीनबाट वस्तु आयतको हिस्सा २६ दशमलव ३ प्रतिशतले वढेको छ । यो अवधिमा पेट्रोलियम पदार्थ, मेसिनरी सामान, सुन, सिमेन्ट जस्ता बस्तुको आयत बढेको छ । धागो, बनस्पती घिउ, लगायत बस्तुको निर्यात वढेको छ भने जुस, अलैंची, गलैँचा जस्ता वस्तुहरुको निर्यात घटेको छ । चालु आर्थिक वर्षको २ महिनामा कुल व्यापार घाटा ११ दशमलव ८ प्रतिशतले बढेर १ खर्व ५१ अर्व ८३ करोड रुपैयाँ पुगेको छ । अहिलेकै अवस्था रहने हो भने यो वर्ष व्यापारघाटा नेपालको बजेट आकार जत्तिकै, करिव १२ खर्व रुपैयाँ छुने आंकलन गरिएको छ । – आजको कान्तिपुरबाट


ADVERTISEMENT