काठमाडौँ– काठमाडौं महानगरपालिकाले बागदरबार भवन पुनर्निर्माणप्रचलित कानुन र भवन निर्माणसम्बन्धि मापदण्डकै आधारमा हुने स्पष्ट पारेको छ।


ADVERTISEMENT


महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भूकम्पले क्षति पुर्‍याएको बाघ दरबार भवनको पुनर्निर्माण प्रचलित कानुन र भवन निर्माणसम्बन्धि मापदण्डकै आधारमा हुने प्रष्टयाएका हुन्।


ADVERTISEMENT

# # #


महानगरपालिकाको कार्यालय समेत रहेको सो भवनको मूल स्वरुप परम्परागत र डिजाईन पूरानै शैलीको हुने महानगरपालिकाको भनाई छ । महानगर प्रमुख शाक्यले बागदरबार भवनको पुनर्निर्माणका लागि बजेटको समेत व्यवस्था भईसकेको पनि जानकारी दिए। पूरातत्व विभागले भने काठमाडौं महानगरपालिकालाई सो भवनको पुनर्निर्माण गर्दा त्यसको बास्तुकलाको संरक्षण गर्न सचेत गराउँदै आएको छ ।

महानगरपालिकाले पूरातत्व विभागकै सल्लाहमा बाघ दरबारको जोखिम मूल्यांकन तथा सवलीकरण गर्नका लागि परामर्शदात नियुक्त गरी त्यसको प्रतिवेदन समेत तयार पारिसकेको छ ।

यस्तो छ बाग दरबारको डिजाइन